अमेरिकाद्वारा इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि हवाई हमला

अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ।

पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो। ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल-शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ। सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतङ्ककारी समूहको सूचीमा राखेको छ। विज्ञप्तिमा अमेरिकाले आफ्नो रक्षाका लागि प्रतिक्रिया जनाएको बताइएको छ।

अमेरिकी नेतृत्वमा सद्दाम हुसेनलाई निस्तेज पारिएयता इराकको आन्तरिक मामिलामा इरानको प्रभाव बिस्तारै बढिरहेको बताइएको छ। यो हमला इरानले अमेरिका सहित अन्य शक्ति राष्ट्रहरूसँग सन् २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्न वार्ता गरिरहेको बेला भएको हो। सो सम्झौतामा इरानले केही परमाणु कार्यक्रम रोक्ने र त्यसको बदला इरानमाथि लगाइएका प्रतिबन्ध कम गर्ने बुँदा छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..