म्यानमारको सैन्य कू विरुद्ध अखिल (क्रान्तिकारी) को प्रदर्शन

166605052 2899950090271465 7888199705170146370 n

166605052 2899950090271465 7888199705170146370 n

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले म्यानमारमा भइरहेको नरसंहारविरुद्ध बुधबार प्रदर्शन गरेको छ । म्यानमारको नरसंहार बन्द गर, सैन्य कु बन्द गर लगायतका नारा लगाउँदै अखिल क्रान्तिकारीले बुधबार प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीले बुधबार ललितपुरको भैसेपाटीमा रहेको म्यानमारको दूतावास घेराउ गरेको हो ।

शान्तिपूर्ण रुपमा भएको कार्यक्रममा विद्यार्थीहरु “Stop Myanmar’s military coup and genocide” को नारा बोकेर गएको संगठनका अध्यक्ष रन्जित तामाङ्गले बताए । म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । त्यहाँ भइरहेको मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने आवाज उठिरहेको छ । संगठनका अध्यक्ष तामाङ्गले संसारभरका प्रजातन्त्रप्रेमी जनताहरु सर्वसत्तावादको विरुद्ध उभिनुपर्ने बताए ।

फेब्रुअरी १ को बिहानै म्यानमारको राजधानीलगायत मुख्य सहरहरूमा सेनाको बख्तरबन्द गाडी गुडे। सेनाले जननिर्वाचित नेतृ आङ सान सू चीसहित उनको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूलाई गिरफ्तार गर्‍यो । त्यसविरुद्ध देशभर आम विरोध प्रदर्शनहरू भैरहेका छन्। प्रदर्शनका क्रममा थुप्रै मानिस मारिएका छन् भने सयौँ समातिएका छन् ।

म्यानमारमा सेनाले शासन सत्ता आफ्नो हातमा लिएको छ र एक वर्ष लामो सङ्कटकालको घोषणा गरेको छ। आङ सान सू चीको एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि गत फेब्रुअरीको सुरुमै सेनाले सत्ता कब्जा गरेको हो। सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए।

प्रधानसेनापति मिन आङ लाइङले सत्ताको बागडोर आफ्नो हातमा लिएका छन्। उनले पहिलेदेखि नै उल्लेखनीय राजनीतिक प्रभावको अभ्यास गर्दै आएका थिए र देश प्रजातन्त्रतर्फ अघि बढेको भएपनि म्यानमारको सेनामा उनले बलियो नियन्त्रण कायम राखेका थिए।

थुप्रै देशहरूले म्यानमारमा भएको सत्ता कब्जाको निन्दा गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव अन्टोनिओ गुटरेशले त्यसलाई “प्रजातान्त्रिक सुधारहरूमाथि ठूलो धक्का” भनेका छन्। अमेरिका र यूकेले सैनिक अधिकारीहरूविरुद्ध प्रतिबन्धहरू लगाएर प्रतिक्रिया जनाएका छन्।

166386183 2899950113604796 2905475478648661694 n

 

Kantipath Media

यो छुट्टाउनु भो कि..