प्रेमीले नै गरे प्रेमिकाको निर्मम हत्या

भारतको आगरामा प्रहरीले १० मार्चमा भएको एक महिलाको हत्याको खुलासा गर्दै प्रेमीलाई पक्राउ गरेको छ ।

Boyfriend of the girl murdered1

आगरामा आफन्तको घरमा बस्दै आएकी आसामकी सोफियाको शव आगराको कमलानगरमा निर्माणाधिन एक घरमा फेला परेको थियो ।

पीडितको परिवारको जाहेरीका आधारमा महिलाका प्रेमीलाई पक्राउ गरिएको एएसपी अनुराग बत्सले बताए । उनी विवाहित महिला भएपनि आरोपीसंग अवैध सम्बन्ध रहेको थियो । उनी घरबाट आसाम जाने भनेर निस्किएकी थिइन् ।

महिलाको शवसंगै कपडा, मोबाइलको बिल पनि मिलेको थियो । प्रहरीले बिलको आधारमा छानविन गर्दा मृतक महिलाको कान्छी आमाले उनको अबैध सम्बन्ध रहेको पत्ता लगाएकी थिइन् । 

Boyfriend of the girl murdered

प्रहरीले फोन डिटेलको आधारमा रेणुका धाम कमलानगरका पुरुष रामबीरलाई पक्राउ गर्यो । उनले मृतकको कानमा लगाएको सुन पनि चुडेर लगेका थिए । प्रेमिकासंग एक आपसमा कुरा नमिलेपछि उनले निर्ममतापूर्वक हत्या गरेकाे हुनसक्ने प्रहरीको अनुमान छ । एजेन्सी 

Kantipath Media

यो छुट्टाउनु भो कि..