annapurna add

5ab06e070bbf1c1c008b4ba3

चीनले सुरक्षा सम्बन्धी नयाँ कानून ल्याउने तयारी गरेको छ । चीनको नेशनल पिपुल्स कंग्रेसमा उक्त कानुनबारे आज छलफल हुँदैछ । उक्त कानूनमा रहेको देशद्रोह र राज्यच्यूत सम्बन्धी व्यवस्थामा छलफल हुने जनाइएको छ ।

नयाँ कानूनमा देशद्रोह र राज्यच्युतसम्बन्धी प्रावधान कठोर बनाउने तयारी भएको सार्वजनिक भइरहँदा प्रजातन्त्रका पक्षधरहरूले भने हङकङको अस्तित्व नै अन्त्य हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रजातन्त्र पक्षधरहरुले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका हुन् । अमेरिकाले चीनको पछिल्लो घोषणाले सो क्षेत्रमा अस्थिरता पैदा गर्ने सम्भावना अधिक रहेको बताएको बीबीसीले जनाएको छ । सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर