annapurna add

ci war n

भारत र चीनबिच सीमालाई लिएर उत्पन्न पछिल्लो विवाद शान्तिपूर्ण रुपमा समाधान गर्नका लागि वार्ता भाइरहेका छन्। तर वार्तासँगै आवश्यक परेको अवस्थामा सैन्य जवाफका लागि पनि तयार हुनु पर्ने आवाज भारतका शीर्ष नेताहरुबिचको छलफलमा उठेको उच्च स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ ।

ती छलफलहरुमा ‘युद्ध’, ‘भिडन्त’ जस्ता शब्दको प्रयोग गरी त्यसका लागि पनि तयार रहनु पर्ने आवाज उठेको खबरमा उल्लेख छ । जुन १५ को राति पूर्व लद्दाखको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो ।

चिनियाँ सेनामा पनि हताहती भएको दाबी गरिए पनि चीनले अहिलेसम्म कुनै पुष्टि गरेको छैन । सो भिडन्तपछि भारत–चीनबिच सीमालाई लिएर विवाद उत्कर्षमा पुगेको छ । अहिले पनि एलएसीमा दुवै देशका सेनाको तैनाथी ठूलो संख्यामा रहेको र चीनले निर्माण कार्य गरिरहेको भारतीय दाबी छ ।

हालको समस्या शान्तिपूर्ण रुपमा समाधान गर्नका लागि भारत र चीनका उच्च सैनिक अधिकारी तथा कूटनीतिक स्तरमा वार्ता भइरहेका छन् । ती वार्तामा दुवै पक्ष युद्ध नचाहेको र शान्तिपूर्ण रुपमा समस्या समाधान हुनु पर्नेमा सहमत भए पनि आरोप–प्रत्यारोप रोकिएको छैन । निकाश निस्कन सकेको छैन ।

भारतमा चीनसँगको तनाव कम गर्नका लागि शान्तिपूर्ण मार्ग प्राथमिकतामा राख्नु पर्ने शीर्ष नेताहरुले बताए पनि युद्ध वा भिडन्तका लागि पनि तयार हुनु पर्ने आवाज चर्को रुपमा उठेको दाबी उच्च स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले खबर छापेको छ । छलफलमा सहभागी भएका उच्च अधिकारीले भनेका छन्, ‘हामी तनाव चाहँदैनौँ तर चीनको दबाबमा सम्झौता पनि गर्ने छैनौँ ।’ उनले भने, ‘हामी पछि हड्ने छैनौँ, उनीहरुको सामना गर्ने छौँ ।’

जुन १५ को घटनापछि पनि चीन सीमा क्षेत्रमा देखिएको तनाव कम गर्ने वा सैन्य गतिविधि सीमित गर्ने पक्षमा नदेखिएकाले भारतीय पक्षमा पनि युद्ध वा भिडन्तको विकल्पबारे पनि छलफल भइरहेको स्रोतले बताएको खबरमा उल्लेख छ । देशसंचार

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर