Hidden
नेकपामा विवाद चर्किएका बेला किन नेपाल आउदैछन् चिनियाँ विदेशमन्त्री ?
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण तय भएको छ। परराष्ट्र स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यही नोभेम्बरको अन्तिम हप्ता केही घण्टाका लागि काठमाडौ आउने तय भएको छ। नेपालमा सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला काठमाडौंमा चिनियाँ राजदूतको सक्रियता बढेको छ। यही परिदृश्यमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण पनि तय भएको हो।
काठमाडौंमा रहँदा चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च नेतृत्वसँग भेट गर्ने बताइएको छ। चिनियाँ विदेशमन्त्रीको काठमाडौं अवतरण र भारतीय विदेश सचिव हर्ष वद्धर्न श्रृंगलाको नेपाल भ्रमणको सयम लगभग एउटै हुने स्रोतले बताएको छ।
चीन नेपालमा माइक्रो म्यानेजमेन्टकै तहमा सक्रिय भएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन्। नेपालमा सत्तारुढ दल नेकपामा विवाद चर्किएर विभाजनकै जोखिम बढेका बेला चिनियाँ विदेशमन्त्रीको भ्रमण हुन लागेको हो। त्यसो त सत्तारुढ दल नेकपा र चिनियाँ सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टीबीच बेला बेलामा अनुभव आदानप्रदानका नाममा कार्यक्रमहरु हुने गरेका छन्।
प्रकासित मिति