annapurna add

जापानमा कोरोना भाइरसले भन्दा बढी आत्महत्याले मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

अक्टोबर महिनाभरमात्र २१ सय मानिसले आत्महत्या गरेको तथ्यांक छ । जुन अक्टोबर महिनामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याभन्दा बढी हो ।

जापानले आत्महत्याको दर बढेपछि कम गर्न निकै संघर्ष गर्दै आएको छ । सन् २०१६ मा जापानमा प्रति एक लाखमा १८.५ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।

यो एशिया प्यासिफिक क्षेत्रमा कोरियाभन्दा मात्र कम हो । विश्वभर प्रति दश लाखमा १०.६ ले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।

जापानमा आत्महत्याको कारणमा बढी समय काम, स्कुलका कारण हुने तनाव, सामाजबाट एक्लोपन, मानसिक स्वास्थ्यलगायत कारण छन् ।

जापानले केही वर्षयता आत्महत्याको दर घटाउन सकेपनि कोरोना महामारीले फेरि बढाएको छ ।

महिलाहरुमा बढी आत्महत्या देखिएको छ । अक्टोबर महिनाभित्र मात्र ८३ प्रतिशतले महिलाबाट आत्महत्या दरमा वृद्धि भएको छ ।

जबकि पुरुषको आत्महत्या दर २२ प्रतिशतले बढेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...