एक करोड डोज खोप किन्न अमेरिकी र बेलायती कम्पनीलाई सरकारको पत्राचार

सरकारले बेलायत र अमेरिकाबाट एक करोड डोज कोरोनाविरुद्धको खोप खरिदका लागि पहल थालेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज र बेलायतको अक्सफोर्ड/एस्ट्राजेनेका बायोटेक्नोलोजीसँग ५० लाख डोज खोप खरिदका लागि स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पत्राचार गरिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्नुपर्ने बाँकी १५ लाख ७२ हजार डोज खोप उपलब्ध गराइदिन पनि सरकारले कोभ्याक्सका ठूला दाता मुलुकहरू अमेरिका, बेलायत, जर्मनीलगायतलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार अमेरिकी विदेश मन्त्रालयका उपमन्त्री वेन्डी सेर्मनसँग गरेको टेलिफोन संवादमा पनि कोभ्याक्स सुविधाको खोप तथा जोन्सन एन्ड जोन्सनबाट खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..