महिला पत्रकारले आफैंले शारीरिक सम्बन्ध राख्दै लिएको अन्तरवार्ता रेडियोबाट प्रसारण गरिन्

डेनमार्ककी एक महिला पत्रकारले एक समाचार रिपोर्ट बनाउनको लागि आफैं एक व्यक्तिसँग शारीरिक सम्बन्धमा सरिक भइन् ।

शारीरिक सम्बन्धको क्रममै उनले ती व्यक्तिको अन्तरवार्ता लिइन् र त्यो अन्तरवार्ता रेडियोमा प्रसारण पनि भयो । यो अन्तरवार्ता प्रसारण भएपछि ती महिलाको आँटले देशैभरी तहल्का मच्चाएको छ । यो रिपोर्ट अहिले अत्याधिक चर्चामा छ र सामाजिक संजालमा भाइरल भइरहेको छ ।

डेनमार्कको पब्लिक सर्भिस ब्रोडकास्टसँग सम्बन्धित रेडियो ४ मा यो अन्तरवार्ता प्रसारण भएको थियो ।

डेलीमेलका अनुसार यो अन्तरवार्ता एक वयस्क क्लवमा रेकर्ड गरिएको थियो ।

डेनमार्कको रेडियो ४ की पत्रकार लुइस फिसरको यो अन्तरवार्ता सामाजिक संजालमा भाइरल भइरहेको छ । लकडाउनमा छुट दिइएपछि क्लवहरु पुनः खोलिएका थिए र यी पत्रकार रिपोर्टिङका लागि गएकी थिइन् ।

फिसरका अनुसार अन्तरवार्ताको क्रममा शारीरिक सम्बनध बनाउनको लागि उनलाई उनी कार्यरत मिडिया संस्थानले कुनै प्रकारको दबाब दिएको थिएन ।

फिसर यो वर्षको सुरुवातमा डेनमार्कको राजधानी कोपनहेगनको नजिकै रहेको इसोजमा रहेको स्विंगल्याण्डमा गएकी थिइन् । उनले लकडाउन खुलेपछि एडल्ट क्लवको अवस्थाबारे रिपोर्ट तयारी गरिरहेकी थिइन् । रेडियोमा प्रसारण भएको शोको एक क्लिप ट्वीटरमा शेयर गरिएको छ ।

समाचार स्राेत : https://www.dailymail.co.uk/femail/article-9632345/Danish-journalist-records-having-sex-feature-swingers-club.html

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..