फ्रान्सका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणबाट निधन

wdsdsdsds

फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोनाका कारण निधन भएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ ।

एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..