हमास नेताको घरमा रकेट बम प्रहार : २६ जनाको मृत्यु

इजरायलले आइतबार गाजास्थित हमासका महत्वपूर्ण मानिएका नेता याह्या अल–सिनवारको घरमा रकेट आक्रमण गरेको छ। रोयटर्सले त्यहाँका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै सो आक्रमणमा २६ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

सोमबारदेखि सुरुवात भएको इजरायल–हमास द्वन्द्वमा हालसम्म प्यालेस्टाइनतर्फ १५० भन्दा बढीको ज्यान गएको छ। मारिएकामध्ये ४१ बालबालिका भएको बताइएको छ।

इजरायलतर्फ भने १० जनाको मृत्यु भएको जनाइएको छ। अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व अन्त्यको अपिल गरेका छन्। आइतबार संयुक्त राष्ट्रसंघमा यसै द्वन्द्वको विषयमा छलफल हुँदैछ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..