नेपाल कोरोनाको संकटमा भन्दै न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीले मागिन सहयोग

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड-१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी छिन् ।

न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेकोे क्लार्कले ट्विट गरेकी छिन् । ‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम विकसित देश हो’, क्लार्कले लेखेकी छिन, ‘नेपाललाई खोप आपूर्तिसहितको अत्यन्तै धेरै सहयोगको आवश्यकता छ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..