annapurna add

भारतीय जनता पार्टीको तर्फबाट मध्यप्रदेशकी मन्त्री रहेकी इमर्ती देवीले हालै कोरोना भाइरस सम्बन्धी विवादस्पद टिप्पणी गरेकी छिन्। उनलाई हालै कोरोनाको संक्रमण भएको हल्ला चलेको थियो। यसै विषयमा दिएको प्रतिक्रियामा उनले भनेकी छिन्,‘म गोबर र माटोमा जन्मिएकी हुँ, कोरोना मेरो छेउमा आउन सक्दैन।’ तर हालसम्म पनि वैज्ञानिकहरुले गोबर र गहुँतले कोरोना निको हुन्छ भन्ने तथ्यलाई स्वीकारेका छैनन्।

गत सेप्टेम्बर ३ मा उनले यस अभिव्यक्ति दिएको बताइएको छ। यस घटनाको भिडियो सार्वजनिक भएपछि उनी ट्रोलको शिकार बनेकी छिन्। यसअघि भाजपाका कार्यकर्ताहरुले गाइको गहुँत खाने कार्यक्रमको आयोजना नै गरेका थिए। गोबर शरीरमा लगाएर गहुँत खाएमा कोरोना नलाग्ने उनीहरुको भनाइ थियो।

प्रकासित मिति

 
 
Loading...