चीनमा शक्तिशाली आँधी, ६ को मृत्यु

बेइजिङ । चीनको जिआङ्सु प्रान्तमा आएको शक्तिशाली आँधीमा परी ६ जनाको मृत्यु भएको छ ।

In China strong wind

आँधीबाट २० जना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । जिआङ्सु प्रान्तको विसी र यान्चेङ सहरमा प्रतिघन्टा ११० किलोमिटरको गतिले आँधी आएको बताइएको छ ।

आँधीका कारण घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्राकृतिक प्रकोपपछि सरकारले संकटकालीन उद्धारको व्यवस्था मिलाएको बताइएको छ । (एजेन्सी)

Kantipath Media

यो छुट्टाउनु भो कि..