भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना

लखनउ  । भारतको उत्तरप्रदेशस्थित इलाहावादमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटना भएको छ ।

Indian Air Forces helicopter crash

बुधबार भएको दुर्घटनामा हेलिकोप्टरका पाइलट भने सुरक्षित रहेको जनाइएको छ । अवतरणको क्रममा रहेको हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाको कारणका बारे खुलाइएको छैन ।

उक्त हेलिकोप्टर नियमित ट्रेनिङका क्रममा उडान भरिरहेको अवस्थामा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

केही अघि राजस्थानको बाडमेरमा पनि भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको थियो । त्यस्तै उत्तराखण्डको चमोलीमा भारतीय वायुसेनाकै एक हेलिकोप्टर दुर्घटना भएको थियो ।

वायुसेनाको हेलिकोप्टर तथा विमान लगातारजसो दुर्घटना हुन थालेपछि भारतीय रक्षा अधिकारीहरुका लागि चिन्ताको विषय बढेको विज्ञहरुको भनाइ छ । (एजेन्सी)

Kantipath Media

यो छुट्टाउनु भो कि..