इरानका प्रधानन्यायाधीश इब्राहिम रइसी राष्ट्रपति बन्ने निश्चित

भर्खरै सम्पन्न निर्वाचनको मतगणना नसकिँदै इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुने निश्चित भएको छ। राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन्। निर्वाचनमा अन्य कैयौँलाई उम्मेदवार हुन रोकिएको थियो।

अहिले रइसी इरानका प्रधानन्यायाधीश हुन् र उनी अतिरूढिवादी विचार राख्छन्। अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न थिए। इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ।

राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ। तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..