इराकमा कार बम बिस्फोटमा परि २३ को मृत्यु

बग्दाद । इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।

Iraqइराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

इराकमा पछिल्ला समयको आतंकवादी आक्रमणपछि १ लाख ८० हजार जनता पलायन भइसकेका छन् । (एजेन्सी)

Kantipath Media

यो छुट्टाउनु भो कि..