इजरायल र प्यालेस्टाइनी विद्रोही बीचको रकेट हानाहान जारी

इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्। दुबै पक्षले आक्रमण जारी राखेका बेला संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र इजिप्टका दूतहरूले युद्धविरामका लागि प्रयास जारी राखेका छन्। इजरायल-प्यालेस्टाइनी तनावबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक पनि बस्दै छ।

शनिबार इजरायलले गाजामा रहेको एउटा १५ तले भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको उक्त भवनमा किन आक्रमण गरिएको हो पुष्टि भइसकेको छैन। इजरायली सेनाले उक्त भवनमा हमासको पनि कार्यालय रहेकाले आक्रमण गरेको जनाएको छ।

इजरायलको आक्रमणमा परी अहिलेसम्म गाजामा १ सय ४९ जनाले ज्यान गुमाएका छन्। तीमध्ये ४१ जना बालबालिका रहेको बताइएको छ। इजरायलले आफ्नोतिर दुई बालबालिकासहित १० जनाको मृत्यु भएको जनाएको छ।

गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किँदै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनका नेतासँग टेलिफोन संवाद गरि चासो व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन गरि हिंसाप्रति चासो व्यक्त गरेका हुन् ।

संवादको क्रममा बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनै पनि आतंककारी समूहबाट हुने आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्ने इजरायली अधिकारको पक्षमा आफ्नो समर्थन रहेको बताएका छन् । उनले दुवै तर्फ भएका मृत्युलाई लिएर चासो व्यक्त गरेका छन् ।

बाइडेनले दुवै देशका नेतासँग हिंसाको विकल्पको खोजीमा प्रतिवद्ध रहेको पनि बताए । अमेरिकी दूत हादी आम्र वार्ताको प्रयासका लागि शनिबार नै तेल अविव पुगेका छन् । उनले इजरायल, प्यालेस्टाइन तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग छलफल गरिरहेका छन् ।

इजरायल र प्यालेस्टाइनबिच हाल भइरहेको हिंसालाई पछिल्लो केही वर्ष यताकै गम्भीर भिडन्तका रुपमा लिइएको छ । हालको हिंसाको बिजारोपण गएको अप्रिल १३ मा भएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..