इजरायल–गाजा युद्ध जारी : एक हप्तामा ३ हजार रकेट प्रहार

गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले आइतबार इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको बताएका छन् ।

इजरायलले गरेको हवाई आक्रमणका कारण ४० जना भन्दा धेरैको आइतबार मृत्यु भएको जागामा रहेका प्यालेस्टाइनी अधिकारीको भनाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले गएको हप्ताभरमा इजरायलमा तीन हजार भन्दा बढि रकेट प्रहार गरेका छन् ।

गएको सोमबारदेखि इजरायल र प्यालेस्टाइनबिचको हिंसा जारी छ । अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन् ।

एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गएको छ । हमासको नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार १२ सय ३० जना घाइते भएका छन् । इजरायलले भने मारिनेमा बिद्रोही लडाकुको संख्या बढि रहेको दाबी गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..