अदालतको अवहेलना गर्ने राष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय

दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय हुने फैसला गरेको छ। अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संबैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले अदालतको निर्णय सुनाएका थिए।

अदालतले जुमालाई एन्कान्डला वा जोहानेसबर्गको प्रहरी चौकीमा पाँच दिनभित्र स्वयं उपस्थित हुन पनि आदेश दिएको छ । जुमाका निवास एन्कान्डला र जोहानेसबर्ग दुबै ठाउँमा रहेका छन्। जुमाले प्रहरीमा स्वयं उपस्थित नभएर अटेर गरेमा दक्षिण अफ्रिकी प्रहरी मन्त्री भेकी सिलेले तीन दिनभित्र आवश्यक व्यवस्था गरी जुमालाई सुधार गृहमा पठाउन पनि आदेश दिएको छ।

पूर्व राष्ट्रपति जुमाले राज्य आयोगमा उपस्थित भएर बयान दिन अदालतले दिएको आदेश इन्कार गरेको भन्दै मानहानिको मुद्दा चलाइएको हो। सन् २०१८ मा गठन भएको यस आयोगले जुमा बिरुद्ध राज्यको शक्तिमाथि हस्तक्षेप गरेको, भ्रष्टाचार गरेको तथा राज्यका स्रोतसाधनको दुरुपयोग गरेको अभियोगमा छानबिन गरिरहेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..