अमेरिकाले नेपाललाई दिएको जोन्सन एन्ड जोन्सनको १५ लाख खोप सोमबार आईपुग्ने

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप उपलब्ध गराउने आधिकारिक घोषणा गरेको छ । यसअन्तर्गत जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार आठ सय ५० डोज खोप नेपालमा आउनेछ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका छन् । नेपाल सरकारका अधिकारीहरूका अनुसार उक्त खोप सोमबार नेपाल आइपुग्नेछ ।

जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुग्छ भने भेरोसेल दुई मात्रा लगाउनुपर्छ । यसअघि कोभ्याक्सले तीन लाख ४८ हजार कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..