annapurna add

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

1601552672उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा नेता गान्धीलाई युपी प्रहरीले पक्राउ गरेको हो ।

गान्धीलाई युपी पुलिसको नोएडा एक्सप्रेसवे को इकोटेक–१ चौकीबाट खटिएका प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । त्यस्तै पीडित परिवारलाई भेट्न गएकी काँग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले रोकेको छ ।

उनीहरु दुबैजना आफ्नो कारबाट ओर्लेर पैदल अगाडि बढेका थिए ।

केहीबेरपछि प्रहरीले राहुललाई ग्रेटर नोएडा एक्सप्रेसको इकोटोक १ पुलिस स्टेशनमा पक्राउ गरेको थियो ।

सँगै प्रियंकालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार