मड्रिडबाट नेपाल आईपुग्यो कोरोना नियन्त्रण सम्बन्धी स्वास्थ्य सामग्री

स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। आइबेरिया एयरलाइन्सले स्पेनको राजधानी म्याड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री ल्याएर काठमाडौं आइपुगेको हो।

स्पेनको स्वास्थ्य मन्त्रालयले जहाज कार्गो गरेर कोभिड स्वास्थ्य सामग्री नेपाल पठाएको हो। कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट नेपाल पठाइएको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान बुझेका छन् । राजदूत शेर्पाको पहलमा ती सामान नेपाल ल्याइएको हो ।

स्वास्थ्य सामग्री ल्याएर आएको जहाजले स्पेनिज नागरिकको उद्धार पनि गर्दै छ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा भएका स्पेनिस नागरिक स्वदेश फिर्ता हुन पाएका थिएनन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..