महिलाले पुरुष सँगसँगै बसेर पढ्न नपाउने तालिबानको संकेत

अफगानिस्तानका विश्वविद्यालयहरु लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू हुने तालिबानले बताएको छ । तालिबान सरकारले छात्रछात्रा एउटै कक्षामा सँगसँगै पढ्न नपाउने नियम लागू गर्ने भएको छ।

अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारका उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले आइतबार महिलाहरुले पढ्न पाउने तर पुरुषसँग एउटै कक्षामा भने नपाउने संकेत गरेका हुन् ।

यस्तै कुन–कुन विषय पढाउने अर्थात पाठ्यक्रममाथि पनि पुनरावलोकन हुने उनले बताएका छन् । सन् १९९६ देखि २००१ सम्मको शासनको क्रममा तालिबानले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय तथा विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..