annapurna add

अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडिओ सार्वजनिक गरेको छ ।

nasa newsउक्त भिडियोमा गत साता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । त्यसमा रोबटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको छ ।

उक्त भिडिओमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसतर्फ आएको देखिन्छ ।

पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको हो । उक्त यन्त्र जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको एउटा लक्षित सतहमा अवतरण गरेको हो ।

पर्सिभिअरन्समा क्यामेराहरू बाँधेर पठाइएको थियो । तीमध्ये सात वटा क्यामेरा उसको अवतरणको रेकर्डिङका लागि खटाइएका थिए । ती क्यामेराका तस्बिरहरूले इन्जिनियरहरूका लागि महत्त्वपूर्ण सुझाव दिनेछन् ।

त्यसले उक्त रातो ग्रहको सतह अध्ययनका लागि थप प्रविधि सुधारमा सहयोग गर्नेछ ।

नासाको मङ्गल मिसनको नियन्त्रण केन्द्र रहेको क्यालिफोर्नियास्थित जेट प्रोपल्सन ल्याबरोटरीका निर्देशक माइक वाट्किन्स यी भिडिओहरूमा उक्त रोभरको कार्य हेरेर आफूहरूले केही कुरा सिक्ने बताउँछन् ।

त्यसमा जडान गरिएका क्यामेराहरूलाई मुख्य घटनाहरूको पूर्ण रेकर्ड गर्न सकिने गरेर राखिएको थियो । यो भिडिओले रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गर्ने अन्तिम सात मिनेटमध्येमा पनि सबैभन्दा पछिल्ला चार मिनेटको जानकारी दिएको थियो ।

एक हजार किलोग्राम वजन भएको उच्च प्रविधियुक्त रोभरमा सातवटा उपकरण, कैयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ । उक्त ल्याबरोटरीका क्यामेराको काम हेर्ने नेतृत्वकर्ता डेभ ग्रुएलका अनुसार उनीहरूले मङ्गलको सतहमा अवतरण हुँदै गर्दाको ३० गिगाबाइट्स सूचना र २३ हजार वटाभन्दा बढी तस्बिरहरू सङ्कलन गरेका छन् ।

प्यारासुटतर्फ खिच्ने तीनमध्ये एक क्यामेरा असफल भए पनि अन्य ६ वटा क्यामेराहरूले कुनै पनि त्रुटीविना काम सम्पन्न गरेका थिए ।

नासाले अवतरणको आवाज पनि रेकर्ड हुने आशा राखेको भए पनि त्यो चाहिँ सफल हुन सकेन । यद्यपि उक्त समूहले सतहमा एउटा माइक सञ्चालन गर्न सफल भएकाले आगामी दिनमा पर्सिभिअरन्सको कामलाई सुन्न सकिने सम्भावना रहेको छ ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।
छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो ।

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...