सामाजिक दुरीको नियम तोड्दा ब्रिटिश स्वास्थ्यमन्त्रीद्वारा राजिनामा

ब्रिटेनमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन्।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ लेखेका छन्।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दु:खी’ भएको बताएका छन्। पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..