प्रतिबन्धत उत्तर कोरिया : कसरी पैसा कमाउँछ ?

प्योङयाङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीनको साथ भए पनि नभएपनि उत्तर कोरियाको बढ्दो परमाणु चुनौतीलाई सामना गर्न तयार रहेको बताएका छन् ।

kim jong north korea min

तर, यो त्यति सजिलो छैन । किम जोङ उनको आम्दानीको स्रोत बन्द गर्नुपर्यो भने उनलाई पक्कै पनि चीनको साथ चाहिनेछ ।

किनभने चीन उत्तर कोरियाको आर्थिक मेरुदण्ड हो, उत्तरको वैदेशीक व्यापारको ८० प्रतिशत हिस्सा चीनले ओगट्छ ।

अमेरिका र उसका सहयोगीहरुले वर्षौँदेखि उत्तर कोरियाली सरकारको आर्थिक गतिविधिलाई रोक्न र ग्लोबल बैंकिङ सिस्टममा पहुँच सिमित गर्न हर प्रयास गरिरहेको छ । तर, यसलाई छल्न प्योङयाङ सफल भइरहेको छ ।

‘हामीले उत्तर कोरियामाथि यति धेरै प्रतिबन्ध लगायौँ कि कोरियाले त्यसलाई नै छल्न सिकिसकेको छ,’ हावार्ड केनेडी स्कूलमा कोरिया वर्किङ ग्रुपका निर्देशक जोन पार्कले भने ।

यदी अमेरिका यसमा सफल हुन चाहन्छ भने उसले चीनलाई उत्तर कोरियासँगको व्यापार रोक्न फकाउन सक्नुपर्ने पार्क बताउँछन् ।

अन्य भने वासिङटनले प्योङयाङलाई सहयोग गर्ने चिनियाँ कम्पनीहरुमाथि सख्त रुप अपनाउने विचार राख्छन् ।

उत्तर कोरियालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच हालै मात्र छलफल भएको छ ।

उत्तर कोरियालले पछिल्लो समय आफ्नो परमाणु कार्यक्रमलाई तिव्ररुपमा अघि बढाएको कारण विश्व उसको आगामी कदमबाट सशंकीत बनेको छ ।

यत्रो प्रतिबन्धबीच पनि कसरी उत्तर कोरियाले परमाणु हतियार र क्षेप्यास्त्र बनाउने पैसा कमाई रहेको छ ? यो रोचक विषय रहेको छ ।

हेरौँ उत्तरका केही आम्दानी स्रोतहरु :

कोइला 

कोइला उत्तरले सबैभन्दा धेरै निर्यात गर्ने वस्तुहरुमा रहेको छ । उत्तर कोरियाले चीनलाई हरेक वर्ष लाखौँ टन कोइला चीनलाई बेच्ने गरेको छ । यहीँबाट उसले विदेशी मुद्रा आर्जन गर्ने गरेको छ । सन् २०१५ मा उत्तरले निर्यात गर्ने वस्तुमध्ये १ तिहाई हिस्सा कोइलाको रहेको छ ।

तर, गत फेब्रुअरीमा चीनले उत्तर कोरियाबाट कोइला किन्न बन्द गर्ने बताएको थियो ।

यद्यपि, जानकारहरु बेइजिङको भनाई र गराईमा अन्तर रहेको छ । चीन आफ्नो छिमेकीको अर्थतन्त्र संकुचित गर्न चाहँदैन । उसले उत्तरलाई अमेरिकाको मुख्य मित्र दक्षिण कोरियाबीचको ‘बफर’ ठान्दछ ।

‘कोइलामा प्रतिबन्ध लगाउनुको उद्देश्य उत्तर कोरियाली नेतृत्वलाई तह लगाउने उद्देश्य होइन,’ पिटरसन इन्सिटिच्युड फर इन्टरनेसनल इकोनोमिक्सका प्रोफेसर स्टेफेन हगार्डले चीनको घोषणा लगत्तै भनेका थिए ।

कोइलाबाहेक चीनले फलाम, समुद्री खानेकुरा, कपडा पनि चीनमा निर्यात गर्छ ।

भण्डार पनि राम्रै

चीनले साँच्चै नै उत्तर कोरियाको कोइला किन्न बन्द गर्यो भने पनि उसले अघिल्लो दशकमा भएको कोइलाको मूल्यबृद्धिबाट राम्रो आम्दानी गर्दै त्यसलाई सञ्चित गरेर राखेको छ ।

हवार्डका पार्कका अनुसार प्योङयाङ सो समयमा ठूलो रकम कमाएको छ जसलाई भण्डारण गरेर आफ्नो हतियार निर्माण कार्यक्रमलाई अगाडी बढाउने छ । सो रकम चीनमा राखिएको उनको दाबी छ ।

यसरी अन्तर्राष्ट्रिय प्रतिबन्धलाई उसले सजिलै छल्न सक्छ ।

संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरेको अध्ययनले पनि विश्वका बैंकहरुसम्म पहुँच पुर्याउन उत्तरले चीनमा रहेका फ्रन्ट कम्पनीहरुको प्रयोग गर्ने गरेको पाएको थियो ।

साइबर आक्रमण

पछिल्लो वर्षदेखि उत्तर कोरियाले विभिन्न वैंकहरु ह्याक गर्ने रणनीति अख्तियार गरेको पाइएको छ ।

रसियन साइबर सेक्युरिटी कास्परेस्कीका अनुसार विभिन्न १८ वटा देशका वैंक तथा वित्तिय संस्थामा भएको ह्याकिङमा उत्तर कोरिया जिम्मेवार रहेको पाइएको थियो ।

सन् २०१६ को मार्चमा बंगलादेशको केन्द्रिय बैंकमा भएको ह्याकिङको जिम्मेवार उत्तर कोरिया भएको कास्परेस्कीको अध्ययनले देखाएको थियो ।

त्यस्तै, कोस्टारिका, पोल्याण्ड र नाइजेरियामा पनि यस्तै घटना भएको थियो ।

उत्तर कोरियाले गैरकानुनी तरिकाबाट हतियार पनि बेच्ने गरेको आरोप छ ।

कामदार बेचेर

उत्तर कोरियाको राजधानीमा धेरै धनाड्यहरु रहेका छन् । तर, देशका अन्य भागमा भोकमारी रहेको छ । तैपनि आफ्ना नागरिकबाट राज्यले पैसा उठाइरहेको हुन्छ ।

उत्तर कोरियाले हजारौँ उत्तर कोरियाली कामदारलाई चीन, रसिया र खाडी मुलुकहरुमा पठाउने गरेको सन् २०१५ मा संयुक्त राष्ट्रसंघले प्रस्तुत गरेको रिपोर्टमा उल्लेख छ । -सिएनएन/रातोपाटी

Kantipath Media

यो छुट्टाउनु भो कि..