annapurna add

Oregon wildfires 1

अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दर्जनौँ मानिस बेपत्ता भएका छन् भने दशौँ हजार मानिस बिस्थापित भएका छन्। गर्भनर केट ब्राउनले डढेलोको जोखिम युक्त क्षेत्रका बासिन्दालाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन्। डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाट पनि भएका छन्।

डढेलोका कारण ओरिगनका चारसहित अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। अमेरिकाका १२ राज्यहरुमा डढेलोका १०० भन्दा बढी घण्टा भएका छन् र डढेलो बिस्तार हुने क्रममा छ। ४० हजार मानिसलाई बाध्यात्मक रुपमा सुरक्षित स्थानमा सर्न भनिएको छ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर