संसद भवनभित्र नेताहरुको कुटाकुट (भिडियोसहित)

पाकिस्तानको राष्ट्रिय सभामा मंगलबार जे भयो त्यो हुनु हुँदैन थियो। संसद भित्रै सत्ता पक्षका सांसद र विपक्षका सांसदबीच भद्दा गाली गलौज भएको र हातपातको अवस्था निम्तिएको बीबीसीले जनाएको छ।

विपक्षी नेता शहबाज सरिफले मंगलबार सभामा जारी बजेट बहसको विषयमा बोल्न खोजेपछि सत्ता पक्षका सांसदहरु आक्रोशित भएका थिए। सामाजिक संजालमा यतिबेला सांसदहरुबीच भएको झडपको भिडिओ भाइरल भइरहेको छ। त्यहाँ बजेटको किताब च्यातिएको र त्यस्ता पुस्तकले हानाहान गरिएको देखिएको छ।

संसदमा भद्दा गालीसँगै झडपको अवस्था निम्तिएपछि राष्ट्रिय सभाका सचिवले अतिरिक्त सुरक्षा बललाई भित्र बोलाएका थिए। सुरक्षाकर्मीले स्थिती नियन्त्रणमा लिने प्रयास गर्दा समेत त्यहाँ अवस्था असमान्य थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..