यस्ताे छ जापानकाे तयारी, विदेश भ्रमणमा जानेका लागि ‘खोप पासपोर्ट’ दिने

जापानले कोरोनाविरुद्धको खोप लगाएर विदेश भ्रमणमा जाने नागरिकलाई ‘खोप पासपोर्ट’ दिने तयारी गरेको छ ।

जापानी स्थानीय सञ्चारमाध्यमहरुका अनुसार व्यावसायिक भ्रमण तथा अन्य आर्थिक गतिविधिमा यो योजनाले सहयोग गर्ने जनाएकाे हाे ।

जापानका अधिकारीहरुले यस वर्षको अन्तिमसम्ममा स्मार्टफोन एपको माध्यमबाट आफ्नो खोप पासपोर्ट देखाउन सकिने गरी तयारी भइरहेको बताएका छन् ।

यद्यपि यस वर्षको लागि भने कागजी प्रमाणपत्र नै आवश्यक पर्ने उनीहरुको भनाइ छ । विशेषगरी व्यापारीहरुलाई लक्षित गरी यस्तो योजना ल्याइएको जनाइएको छ ।

जापान फर्किने व्यक्ति र बाहिर अध्ययन तथा व्यावसायिक प्रयोजनका लागि जानेहरुले उक्त पासपोर्ट देखाउनुपर्नेछ ।

आलोचकहरुले भने खोप पासपोर्टको नीतिले खोप लगाएका र नलगाएकाबीचको विभेद बढाउन सक्ने बताउँदै आएका छन् ।

अमेरिकाको न्युयोर्कमा खोप पासपोर्टको लागि एक स्मार्टफोन एप सार्वजनिक गरिएको छ र यो एप अहिले १० लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..