Hidden
पुर्वराष्ट्रपति ट्रम्पका विदेशमन्त्री पोम्पेओलाई प्रतिबन्ध
अमेरिकाको सत्तामा जो बाइडेन आए लगत्तै चीनले डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । चीनले ट्रम्प प्रशासनमा विदेश मन्त्री रहेका माइक पोम्पेओसहित सो प्रशासनका २७ उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
चीनविरुद्ध पूर्वाग्रह र घृणा फैलाएको आरोप लगाउँदै चीनले पोम्पेओसहितका ट्रम्प प्रशासनका उच्च अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो । ट्रम्प प्रशासनमा अमेरिका–चीन सम्बन्ध खराब रह्यो ।
प्रकासित मिति
Loading...
Loading...
Loading...