जब विमानभित्रै पोर्नस्टारले फिल्म शुटिङ गर्न थाले

बेलायतको मिडल्यान्डको एयर म्युजियममा राखिएको एक विमानमा झुक्याएर पोर्न फिल्म शुटिङ गरेको घटना बाहिर आएको छ ।

बेलायतको पत्रिका ‘द सन’ का अनुसार केही ‘एडल्ट फिल्म’ का नायकनायिकाले संग्रहालयका कर्मचारीलाई झुक्याएर त्यहाँ राखिएको विमानभित्र पोर्न फिल्म शुटिङ गरेका हुन् ।

कर्मचारीका अनुसार उनीहरुले करिब साढे १४ हजार रुपैयाँ दिएका थिए । तर उनीहरुले आफूहरुले पोर्न फिल्म बनाउन लागेको विषयमा जानकारी दिएका थिएनन् ।

मिडल्यान्ड एयर म्युजियममा पोर्न फिल्म शुटिङको विषयलाई लिएर मानिसहरू रुष्ट बनेका छन् । आम मानिस र बच्चाहरूका बीचमा पोर्न फिल्म शुटिङ गराएको विषयमा विस्तारै विरोधको स्वर बढेको छ । शुटिङ गरिएको सो विमान विगतमा एयर फ्रान्सको विमान थियो । यो विमान सन् १९५० को दशकमा चार्टर होलिडेका लागि समेत प्रयोग भएको थियो ।

विमानभित्र शुटिङका लागि उनीहरू नायकनायिका, पाइलट र एयर होस्टेसको पहिरनमा आएका थिए । ‘द सन’ को रिपोर्टअनुसार उनीहरूले कर्मचारीलाई झुक्याएर विमानमा स्विमवियर शुट गर्न लागेको बताएका थिए । तर उनीहरूले त्यहाँ गएर पोर्न फिल्म शुट गरे ।

मिडल्यान्ड म्युजियमका अधिकारीहरूले सो विषयमा जानकारी पाएको भए तत्काल शुटिङ रोकिइने तर उनीहरूले सो विषयमा ढाँटेको उल्लेख गरेका छन् । म्युजियमका म्यानेजर डियाने जेम्सले सो स्थानमा अधिकांश मानिसहरू पहिरन लगाएर आउने र तस्वीर खिचाउने गरेको बताएका छन् । पोर्न फिल्म बनाउने नायिकाहरुले समेत एयर होस्टेसको पहिरन लगाएर आएका थिए । त्यसैले कसैले यस विषयमा सुइँको समेत पाएन ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..