राष्ट्रपति होस्नी मुबारकलाई ‘हत्या’ मुद्दामा सफाइ

इजिप्ट । इजिप्टको पुनरावेदन अदालतले पूर्व  मुबारकलाई सन् २०११ को विद्रोहका क्रममा सयौं प्रदर्शनकारीको हत्याको षडयन्त्र गरेको आरोपबाट मुक्त गरेको छ ।

egypt

मुबारकलाई सन् २०१२ मा दोषी ठहर गर्दै जन्म कैदको फैसला सुनाइएको थियो । उक्त मुद्दाको दोस्रो पुनरावेदनपछि अदालतले उनलाई सफाइ दिएको हो ।

‘निरंकुश’ भन्दै मुबारकलाई सन् २०११ मा सत्ताच्यूत गरिएको थियो ।

बिहीबार अदालतले सुनाएको फैसला नै अन्तिम हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अदालतको यो फैसलासँगै ८८ वर्षीय मुबारकलाई जेलबाट रिहा गर्ने सम्भावना बढेको जानकारहरु बताउँछन् ।

उनीमाथि भ्रष्टाचारको आरोपमा अदालतले तीन वर्षको सजाय तोकेको थियो । उक्त सजाय भुक्तान भइसकेको छ । (एजेन्सी)

 

Kantipath Media

यो छुट्टाउनु भो कि..