रुसमा पुटिन ८३ वर्षको उमेर सम्म राष्ट्रपति बन्न सक्ने गरि संविधान संसोधन

56863146 401

56863146 401

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०३६ सम्म आफू पदमै रहन पाउने गरी तयार पारिएको कानूनमा सोमबार हस्ताक्षर गरेका छन् । पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदैछ । एक वर्षको अन्तरमा दोस्रो पल्ट गरिएको संविधान संशोधन पछि अव उनलाई आगामी दुई कार्यकालका लागि बाटो खोलिएको हो ।

संविधानमा २ कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था गरिएको छ । जहाँ यसअघिका र वर्तमान कार्यकाल गणना हुने छैन ।

यसो हुँदा ६८ वर्षीय पुटिन ८३ वर्षको उमेरसम्म क्रेमलिनको हर्ताकर्ता बन्न पाउनेछन् । पुटिनले रुसको राष्ट्रपतिका रुपमा लगातार दोस्रो र समग्रमा चौथो कार्यकाल संहालिरहेका छन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..