राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन अदालतको आदेश

सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ। न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले शुक्रबार यस्तो आदेश दिएका हुन्।

४ महिना नजरबन्दमा राखे, अहिले यौन दुर्व्यवहार भोग्दा राउटे युवतीलाई मुखिया ‘बा’ ले मार्छन् भन्ने डर

राउटे युवतीलाई दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगकाे माग

राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार, होटल सञ्चालकसहित ३ जना पक्राउ

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : प्रहरीले बढायो निगरानी

 

अदालतले युट्युबबाट भिडियो नहटाने साइट बन्द गर्नसमेत आदेश दिएको छ। करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो।

जेठ २१ गते राति गुर्भाकोटमा दुई युवकले राउटे युवतीमाथि गरेको यौन दुर्व्यवहारका भिडियो सामाजिक सञ्जाल तथा युट्युवबमा छाइरहेका छन्।

यस्तै अदालतले यसबारे पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई लेखिपठाउन पनि भनेको छ।

जेठ २१ गते राति गुर्भाकोटमा दुई युवकले राउटे युवतीमाथि गरेको यौन दुर्व्यवहारका भिडियो सामाजिक सञ्जाल तथा युट्युवबमा छाइरहेका छन्। युट्युब, सामाजिक सञ्चाल तथा केही सञ्चारमाध्यमले समेत पीडितसँग सम्बन्धित सामग्री प्रसारण गर्दै आएका छन्।

यौन दुर्व्यवहारका भिडियो बाहिरिएपछि जेठ २३ गते आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित मनकामना होटल सञ्चालक विनोद पुन, दोमनबहादुर घर्ती र भूपेन्द्र बुढा पक्राउ परेका छन्।

दोषीहरुमाथि अनुसन्धान गर्न अदालतले १० दिनको म्याद थप गरेको छ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..