राष्ट्रपति ट्रम्पद्वारा आप्रवास नागरिकमा रोक

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आप्रवासी नागरिकमा रोक लगाउने घोषणा गरेका छन् ।

donald trumpएक ट्वीट गर्दै अर्को आदेश जारी नभएसम्मका लागि टम्पले आप्रवासी नागरिकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउने बताएका हुन् ।

उनले छिट्टै आदेशमा हस्ताक्षर गर्ने बताएका हुन् ।

कोरोनाभाइरसको संकटका कारण अमेरिकामा सीर्जित बेरोजगारीलगायतका आर्थिक समस्याका कारण ट्रम्पले यस्तो कदम चाल्न लागेको बुझिएको छ ।

‘अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र हाम्रा महान नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दैछु ।’ट्रम्पले ट्वीटमा भनेका छन् ।

यतिबेला अमेरिका कोरोनाको महामारीका कारण आक्रान्त बनेको छ । लाखौं अमेरिकी नागरिक बेरोजगार भएका छन् भने अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ ।

 uss

Kantipath Media

यो छुट्टाउनु भो कि..