सउदी अरब : जहाँ महिलाहरुको जीवन निकै कष्ठकर

सउदी अरबमा पहिलदेखी नै महिलाहरुको जीवन निकै कष्ठकर रहदै आएको छ । साउदीको कानुनले लगाएको बन्देज यहाँहरुको महिलालाई निकै मुश्किल सृजना गर्दै पनि आएको छ ।

women saudi arab min

यहाँका महिलाहरुलाई एक्लै घरबाट निस्कन, बहिर काम गर्ने, जग्गा जमीन खरिद गर्ने पनि बन्देज गरिएको छ ।

यस्तै केही बन्देज यहाँ प्रस्ततु गरिएको छ 

♦सन् २०१२ मा साउदी अरबकी एक महिला खेलाडीले ओलम्पिकमा भाग लिएकीको सहिसुण्तामा ठेस पुगेको भन्दै निकै विरोध भएको थियो । महिला एथलेटिक्स खेलाडी पुरै शरिर ढाकेर दैडीएकी थिइन् ।

♦सउदीमा बलत्कारको लागि तब सम्म कुनै सजाय दिइदैन् । जब सम्म त्यसको चार जना साक्षी हुदैन।

♦पुरुषले कुनै अन्य महिलासंग सम्बन्ध राखेमा कुनै कानुन लाग्दैन भने महिलाहरुलाई यसको सजाय भोग्नु पर्दछ ।

♦साउदीमा महिलाहरु कुनै पनि पुरुष विना अथवा पुरुषको मन्जुरी विना कही पनि हिड डुल गर्न पाउदैन्न् । यहाँको कानुन बालिग भएमा पनि महिलाहरुको अस्थित्व छैन् ।

♦सउदीमा हरेक महिलाहरुको एक पुरुष अभिभावक हुन जरुरी हुन्छ ।

♦साउदीमा सरकार महिलाको शिक्षाको लागि अत्याधिक पैसा खर्च गर्दै आएको छ । तर रोजगारको क्षेत्रमा महिलाहरुको संख्या निकै न्यून छ ।यहाँका महिलाहरुको शैक्षिक पहुच ८१ प्रतिशत छ । जहाँ १९७० मा जम्मा २ प्रतिशत मात्र थियो ।

♦अहिले महिलाहरुलाई केही क्षेत्रमा छुट दिइएको छ । उनीहरु अहिले बच्चालाई स्कूल छाड्न र केही परिवारका सदस्थलाई अस्पताल सम्म छाड्नको लागि मात्र गाडी चलाउन पाउछन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..