सोमाली सेनाको कारबाहीमा १६ अल–शबाब विद्रोहीको मृत्यु

सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ ।

सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो कुसमा सेनाले विद्रोही विरुद्ध कारबाही गरेको जानकारी दिए।

अहमदले विद्रोही लडाकूले सेनासँगको भिडन्तमा निकै शसक्त प्रतिरोध गर्ने प्रयाु गरे पनि उनीहरु सफल नभएको बताए। सेनाको रेडियोमा बोल्दै उहाँले उक्त क्षेत्रमा सेनाको कारबाही निरन्तर रहनेछ भने।

जुबाको दक्षिणी क्षेत्रमा इस्लामिक कट्टरपन्थी लडाकू समूह अल–शबाब विरुद्ध सोमाली सेनाले निरन्तर सैन्य कारबाही अघि बढाएको छ ।

यस क्षेत्रका कैयौं गाउँमा अल–शबाबले नियन्त्रण कायम गर्नुका साथै सेनाका अभियानलाई अबरोध गर्न बारुदी सुरुङ बिछ्याउने गरेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..