ट्रम्पमाथिको ठूलो झड्का : आफ्नै सांसदले असहयोग गरे

बिबिसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएका छन्।

U.S. President Donald Trump

आफ्नै पार्टीबाट पर्याप्त समर्थन प्राप्त नभएपछि संसदमा मतदानको केही अघि स्वास्थ्य सेवा सम्बन्धी विधेयक रिपब्लिकनहरुले फिर्ता लिएका थिए।
न्यूनतम २१५ रिपब्लिकनको समर्थन जुटाउन नसकेपछि अन्तिम समयमा गरिएको उक्त निर्णयलाई ट्रम्पमाथिको ठूलो धक्काका रुपमा हेरिएको छ।
चुनावी अभियानका क्रममा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको स्वस्थ्य सेवा सम्बन्धी कानून खारेज गर्ने वाचा उनले गरेका थिए।

असफल

आफूले अमेरिकी जनताका लागि अभिशाप भनेर टिप्पणी गर्दै आएको पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ्यमा पहुँच उपलब्ध गराउने कानूनको विकल्प प्रस्तुत गर्ने मौका रिपब्लिकनहरुले सात वर्षपछि पाएका थिए।

राष्ट्रपति ट्रम्पले चुनावमा ‘ओबामाकेयर’ भनिने उक्त कानूनको खारेजीलाई आफ्नो मुख्य मुद्दा नै बनाएका थिए। तर जब निर्णायक समय आयो, रिपब्लिकनहरु एकमत नै हुन सकेनन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएका छन्। मध्यमार्गीहरु प्रस्ताव गरिएका स्वास्थ्य सेवा कटौतीमा सहमत हुन सकेनन् अनि अनुदारवादीहरुले कटौतीका प्रस्तावहरु अझै अपर्याप्त रहेको दृष्टिकोण राखे।

त्यही भएर मतदानका लागि संसद तयार भएर बसिरहेको बेला, राष्ट्रपति ट्रम्पले विधेयक फिर्ता लिने निर्णय गरे।

उनले भने, ‘म एकदमै दु:खी छ किनभने हामीले गर्नसक्थ्यौ, नढाँटी भन्दा म छक्क परेको छु किनभने सबैथोक हाम्रै नियन्त्रणमा थियो। तर म तपाईंलाई भन्छु, अझै राम्रो विधेयक आउनेछ। अहिलेको विधेयकमा मलाई पनि मन नपरिरहेका कुराहरु थिए।’

बीबीसीकी ट्युलिप मजुमदार भन्छिन्, ‘यदि विधेयक फिर्ता हुनु राष्ट्रपति ट्रम्पका लागि लाजमर्दो हो भनेर टिप्पणी गरिने हो भने त्यसको योजना बनाउने संसदका सभामुख पउल रायनका लागि त्यो थप पीडादायी हो भनेर भन्नुपर्ने हुन्छ।’

Kantipath Media

यो छुट्टाउनु भो कि..