गोर्खा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो ।

लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो । कार्यक्रममा भिसी पुनका सुपुत्र अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित केही नेपालीको उपस्थिति थियो । भिसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..