annapurna add

Ministry of Foreign Affairs 78YDAQ.2e16d0ba.fill 650x500

संसदीय सुनुवाइ विशेष समितिले तीनजना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। सरकारले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो।

प्रस्तावित राजदूतविरुद्ध पाँचवटा उजुरी दर्ता भएको थियो। यसमध्ये एउटा बेल्जियमाका लागि सिफारिस भएका राजभण्डारीविरुद्ध थियो भने बाँकी चारवटा बेनामे थिए। राजभण्डारीविरुद्ध निजामती सेवामा रहँदा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न आरोप उजुरीमा लगाइएको छ।

राजदूत सिमाफरिस संविधानले परिकल्पना गरेको समावेशी समानुपातिक सिद्धान्तअनुसार नभएको भन्दै सभापति कर्णले असन्तुष्टि जनाएका थिए। यसअघि पनि सरकारलाई ध्यानाकर्षण गराएको समितिले बिहीबार पनि आइन्दा समावेशी समानुपातिक सिद्धान्तलाई अंगिकार गर्न निर्देशन दिएको छ।

 

प्रकासित मिति

 
 
Loading...