विश्व स्वास्थ्य संगठनलाई ट्रम्पको धम्की !

trump

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाइ धम्कि दिएका छन् ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गर्दै भने, ‘अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि रोक लगाउँदैछ ।’ यद्यपि, त्यसको थोरै बेरपछि आफ्नो बयान फेर्दै भने, ‘मैले यस्तो गर्छु कहाँ भनेँ र ?’।

यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो बताएका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि पनि आरोप लगाउदै ‘यो संगठनले सबैभन्दा धेरै पैसा अमेरिकाबाट लिन्छ तर उसले चीनलाई केन्द्रमा राख्छ ।’ समेत भनेका छन् ।

अमेरिकामा कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले यो महामारीले अमेरिकामा जातीय भेदभाव बढाएको बताएका छन् । केही राज्य र शहरको डाटामार्फत् यसले अफ्रिकी–अमेरिकीलाई बढी प्रभावित पारेको बताएका छन् ।

ट्रम्पलाई अफ्रिकी–अमेरिकी नागरिकको चिन्ता
अहिले कोरोनाभाइरसको केन्द्र बनेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो समय दैनिक रुपमा प्रेस ब्रिफिङ गर्ने गरेका छन् । उनले आफ्नो पछिल्लो ब्रिफिङमा बेलायती प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

यसका साथै ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोप निर्माणमा दिनरात खटिरहेका वैज्ञानिक, कम्पनी र अनुसन्धातालाई धन्यवादसमेत दिएका छन् ।

साथै, ब्रिटेनले अमेरिकासँग २ सय वटा भेन्टिलेटरको माग गरेको र माग सम्बोधन गरिने ट्रम्पले जानकारी दिए ।

उनले अफ्रिकी अमेरिकीबारे चिन्तासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अफ्रिकी–अमेरिकीको मृत्यु दर अन्य जातीय समूहको तुलनामा अत्यधिक छ । यो एउटा निकै ठूलो चुनौती हो । यो असाध्यै भयानक पनि छ । ’ उनले अफ्रिकी अमेरिकी नागरिकलाई सम्बोधन गर्दै उनीहरुलाई पूर्ण सहयोगको आश्वासन पनि दिए ।-स्रोत रातोपाटि

Kantipath Media

यो छुट्टाउनु भो कि..