लामो मौनता तोड्दै चीनले दियो नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

joe xi scaledचीनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई तथा शुभकामना दिएको छ । मौनता तोड्दै चीनले जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार भनेका छन्, ‘हामी अमेरिकी नागरिकको छनौटलाई सम्मान गर्छौँ । हामी बाइडेन र ह्यारिसलाई बधाई दिन चाहन्छौँ ।’ रुसले अहिलेसम्म बाइडेन र ह्यारिसलाई बधाई दिएको छैन । चार वर्ष पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्प निर्वाचित हुँदा बधाई दिने विश्वका पहिलो नेतामध्ये थिए । यो पटक भने पुटिनले ट्वीट, टेलिफोन वा टेलिग्राममार्फत बधाई दिएका छैनन् ।

पराजित भएका राष्ट्रपति ट्रम्पले ‘धाँधली’ भएको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । उनले धाँधलीको आरोप लगाए पनि त्यसको कुनै ठोस प्रमाण भने भेटिएको छैन । बिहीबार अमेरिकाको संघीय तथा राज्य तहका निर्वाचन अधिकारीहरुको समूहले इतिहासमै यो पटकको चुनाव सबै भन्दा सुरक्षित र पारदर्शी रहेको बताएका थिए ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..