कैलालीमा हत्या गरेर फरार इन्स्पेक्टरका भाइ सुनसरीबाट पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्यामा संलग्न रहेको आरोप लागेका मदन शाही पक्राउ परेका छन् । मदन प्रहरी इन्स्पेक्टरका भाइ हुन् । उनलाई प्रहरीले सुनसरी जिल्लाको इटहरीबाट पक्राउ गरेकाे बताएकाे छ । उनलाई केहीबेरमा सार्वजनिक गरिने जनाएको छ ।

अघिल्लो साता युवाहरुको एक समूहले टीकापुरमा भूपेन्द्रको हत्या गरेका थिए । भूपेन्द्रको हत्यको कारण प्रहरीले अझै पत्तो लगाउन सकेको छैन । केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..