कमल थापा माईनस भएपछि हराउने पुर्व दरबारियाको सुची बन्यो !

  • 1 month अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वको लागि भएको एकता महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका सहयोगीकै कारण पराजित हुनुपरेको निष्कर्ष कमल थापाले निकालेका छन्।

महाधिवेशनको परिणामपछि होटल याक एन्ड यतिमा भएको आफू पक्षीय केही नेताहरुसँगको बैठकमा थापाले यस्तो निष्कर्ष निकालेका हुन्। थापालाई राप्रपाबाट किनार लगाउन निर्मल निवासबाटै मानिसहरु परिचालित गरिएको निष्कर्षसहित थापाले उनीहरुको सूची नै तयार पारेका हुन्।

उक्त बैठकमा पराजयका अनेक कारण भए पनि निर्मल निवासका मान्छे नै परिचालित भएर निर्वाचनमा होमिनुलाई मुख्य मानिएको छ। स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रको सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकसमेत थापालाई हराउन लागेका थिए।

उनीहरुले महाधिवेशनमै आएर थापालाई हराउने षड्यन्त्रमा संलग्न भएको दाबी केहि नेताले गरेका छन्। यसअघि थापाले नै आइतवार बिहान आफूलाई हराउन निर्मल निवास नै लागेको भन्दै पूर्वराजा शाहलाई बधाई दिएका थिए।