उज्यालोनेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ (भिडियोसहित)

सर्वाेच्च अदालतको आदेश विपरित प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा छापा मारेको छ ।

डिएसपी बि सुवेदीको नेतृत्वमा अनामनगरस्थित कार्यालयमा पुगेर काम गरिरहेका पत्रकारहरुको मोवाइल खोसेको छ भने क्यामरा पनि खोसेको छ ।

प्रहरीले डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका डेस्क सम्पादक विवेक लोप्चनको मोबाइल खोसेको छ ।

उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेपछि प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा सोधेको थियो । तर उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमा मागिसकेको छ ।

सोही समाचारको विषयलार्य लिएर प्रहरीले धरपकडको प्रयास गरिरहँदा सर्वाेच्च अदालतले समाचार लेखेकै आधारमा पक्राउ नगर्नु भनी आदेश दिएको थियो ।

सो आदेशको धज्जी उठाउँदै प्रहरीले उज्यालो नेटवर्कको कार्यालयमा पुगेर धरपकड गरेको छ ।

प्रहरीले उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ गरेको छ । साथै कार्यालयबाट सञ्चार सामाग्री पनि लगेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए ।

अहिले उज्यालो नेटवर्कको कार्यालयमा भेला भएका सञ्चारकर्मी र अधिकारकर्मीहरुले तामाङको रिहाईको माग गर्दै नारावाजी गरिरहेका छन् ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..