प्रधानमन्त्रीले आफै २४ घण्टा मै तोडे २५ जना भन्दा बढी भेला हुन नपाउने आदेश

चौबीस घन्टा नबित्दै २५ जनाको जमघट नगर्न उर्दी जारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान पाँच सय जना अयोध्याय पठाएका छन् । हिजो कोरोना संक्रमण बढ्दै गएकाले बिहे व्रतबन्धलगायतका सामाजिक धार्मिक जमघट २५ जना भन्दा नगर्नु भनी दिएको सरकारी आदेश उल्लंघन गरी प्रधानमन्त्री ओलीलाई त्यसलाई व्यवहारिकरूपमा खारेज गरेका छन् ।

मंगलबार बिहान साधुसन्त महन्थ मन्त्री प्रधानमन्त्रीसहित ५सय जना जम्मा भएर राम ,लक्ष्मण,सीता,हनुमानलाई बाजागाजासहित “अयोध्या“तर्फ बालुवाटारबाट बिदाइ गरिएको हो । साथै आजैबाट देशभरका २५ शहरका विद्यालय र रात्रीकालिन व्यवसाय पनि बन्द हुने भएका छन् ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..