महिला र दलित समुदायका व्यक्तिलाई छिर्न नदिइने स्नाथान मन्दिर

प्युठान । प्युठानको झिमरुक गाउँपालिका–८ मा रहेको प्रसिद्ध स्नाथान मन्दिमा दलित समुदाय र महिलाहरुलाई प्रवेशमा रोक लगाउने गरेको पाइएको छ ।

मन्दिरमा पुजा आजा र बलि दिँदा दलित समुदायले बनाएको दुना टपरी अनिवार्य भएपनि दलित समुदायका व्यक्तिलाई प्रबेशमा भने रोक लगाइएको छ ।

दलित समुदायका व्यक्तिहरुलाई पटक पटक मन्दिर पस्न आग्रह गरेपनि उनीहरु आफै मन्दिर प्रवेश नगरेको वडा नम्बर ८ का अध्यक्ष दुलबहादुर बस्नेतको भनाइ छ । तर पुजारी र स्थानीय गैरदलित समुदायले बारम्बार, दलित समुदाय र महिलाहरु मन्दिरमा प्रवेश गरे राम्रो नहुने बताउने गरेपछि जान आँट नगरेको दलित समुदायका व्यक्तिहरुले गुनासो गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ ले संस्कृति, लिंग, रितिरिवाज, जातजातिका आधारमा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थलमा प्रवेश गर्न बञ्चित गराउन नपाइने व्यवस्था छ ।

अपराध संहिताका अनुसार कसैलाइ कुनै पनि बाहानामा निजि वा सार्वजनिक स्थामा भेदभाव गरे तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..