स्वच्छ छवि,भद्र र सालिन स्वभावका एसएसपी पोखरेल डीआईजीमा सिफारिस

Bishwa pokheral

बैशाख २०संगठन भित्र अहिलेसम्म कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका विश्वराज पोखरेल नेपाल प्रहरीको डीआईजीमा बढुवा सिफारिसमा परेका छन् ।स्वच्छ छवि,भद्र र सालिन स्वभावका पोखरेल नेपाल प्रहरीका एसएसपी थिए। ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डीआईजी पदमा उनको ब्याचबाट सिफारिसमा पर्ने पोखरेल एक्ला हुन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उपनियम (४) को प्रावधान अनुसार एसएसपीबाट डीआईजीमा बढुवा सिफारिसको गरेको बढुवा समितिका सदस्य सचिव एवं नेपाल प्रहरीका एआईजी ठूले राईले जानकारी दिए।बढुवाका लागि नेपाल प्रहरी भित्र उनको कार्यसम्पादन क्षमतालाई आधार बनाइएको र त्यसको उच्च मूल्यांकनमा उनी परेको एक प्रहरी अधिकारीले बताए ।

नेपाल प्रहरीको आईजीपी सम्म हुने ब्याचका प्रहरी अधिकारी हुन् पोखरेल। एकल बढुवामा परेपछि उनलाई भविश्यको आईजीपीका रुपमा हेरिएको छ। बढुवा सिफारिस भएका एसएसपी पोखरेल अब्बल नेतृत्व क्षमता भएका प्रहरी अधिकृतमा गनिन्छन्।आफु बसेको ठाउमा कामकै आधारमा चर्चित र सम्मानित हुँदै आएका प्रहरी अधिकृत हुन।दिएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्न सदैव सफल भएका कार्यालय प्रमुख रहेका स्थानमा कुनै न कुनै नयाँ कार्यक्रम तथा अपराधीविरुद्ध सशक्त अप्रेसन सञ्चालन गरी त्यहाको जनताको मनमा बस्न सफल एसएसपी पोखरेल गुण्डागर्दीले आतंकित विराटनगरमा प्रहरी प्रमुख भएर गए पछि गुण्डागर्दी शून्यमा झारेका थिए।

बिभिन्न किसिमको राजनीतिक आवरणमा भइरहेको गुण्डागर्दी यिनको कार्यकालमा सफाया नै भएको चर्चा विराटनगर तिर आजभोलि पनि चल्ने गरेको छ।एसएसपी पोखरेलले सीमा पारीबाट हुने चोरी-तस्करी लगायत गैरकानूनी क्रियाकलापहरु पूर्ण रुपमा नियन्त्रण गरेर विराटनगरबासीको मन जित्न सफल भएका थिए ।

एसएसपी पोखरेलको कार्यकालमा बिराटनगर भन्सारले लिलामी गरेको सतुवा नामक जडिबुटिको टेन्डरमा हुन लागेको गुण्डागर्दि रोकिनुका साथै चारगुणा बढि राजश्व असुली भएको थियो,त्यस्तै कवाडीमा किनिएको खाली सिसी र कोलकत्ताबाट ल्याईएका नक्कली सिल प्रयोग गरी ब्ल्याक, ब्ल्यु तथा रेड लेवल, चिवास रिगल,भ्याट सिक्सटी नाइन जस्ता महँगा स्कचमा रक्सि मिसाई बजारमा बेच्ने समुह पनि पक्राउ गर्न सफल भएका थिए ,त्यस्तै चार करोड मुल्य बराबरको आठ केजी सुन सहित ३ जनालाई पक्राउ र लक्ष्मि बैकबाट लुटेको ७९ लाख, सुनचाँदि पसलबाट लुटेको ५२ लाख नगद र १० लाख बराबरको सुनचादि, बयरबनको स्थानिय व्यपारीको २१ लाख तथा लुटपाट गर्ने क्रममा गरेको हत्या तथा उघोग गर्ने एकै व्यक्ति राम प्रसाद राई उर्फ साइबालाई पनि पक्राउ गरेका थिए।पोखरेलले मोरङको नेतृत्व गरेर सफलतापूर्वक दोस्रो संविधानसभाको निर्वाचन उनले सम्पन्न गराएका थिए ।

कर्मचारी प्रशासनमा बसेर पनि उत्कृष्ट काम गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखमा सरुवा भएर गए पछि एसएसपी पोखरेलले राजधानी काठमाडौंको शान्ती सुरक्षामा आमुल परिवर्तन गरे।नक्कली नोट कारोबार गुण्डागर्दी नियन्त्रण, तस्कर,हुण्डी कारोबारी,दलाल नियन्त्रणलगायतका काम गरेर चर्चा कमाएका थिए।उनको कमान्डमा काठमाडौं प्रहरीले नागढुङ्गा बाट ९ किलो सुन बरामद गर्यो।एसएसपी पोखरेलले फुटबल देखी क्रिकेट सम्मका खेलमा अनलाईन बेटिङ गरी ठगी गर्ने अन्तराष्ट्रिय संजाल रहेको गिरोहलाई पक्राउ साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ गर्न सफल भएका थिए।

६ महिना अवधिमा पाँच घण्टा आराम, उन्नाइस घण्टा जाग्राम बसेर काठमाडौंवासीका मनभित्र बस्न सफल भएका पोखरेल राष्ट्रिय रुपमै चर्चित प्रहरी अफिसर बनेका छन्।यिनको कमाण्ड क्षमताको सर्बत्र प्रशंसा पनि भएको थियो। पोखरेल हेर्दा जति नरम र सालिन छन्, उनको काम गर्ने शैली भने भिन्न छ । कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त गुण्डागर्दी र चोरी तस्करी नियन्त्रण गरेर चर्चामा आउने प्रहरी अधिकारी मध्ये उनी पनि एक हुन् ।

अपराधरहित समाज निर्माण गर्दै शान्ति सुरक्षाको अवस्थामा चुस्त दुरुस्त राख्नु पर्छ भन्ने मान्यतालाई आत्मासात गर्ने उनी विभिन्न जिल्लामा प्रहरीको नेत्रृत्व सम्हालेर बस्दा चर्चाको शिखरमा पुगेका थिए ।डीएसपी हुँदा संखुवासभामा पहिलो संविधानसभाको निर्वाचनमा खटिएका उनी त्यहाँबाट बानेश्वर वृत्तमा सरुवा गराइएका थिए ।बानेश्वरपछि उनी यूएन मिसन, ट्राफिक महाशाखा लगायतमा काम गरेका थिए।पोखरेल हाल नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..