६४ जिल्लामा फुट्यो एमाले : यी हुन् जिल्ला अध्यक्ष

अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको पार्टी संरचनाहरु ब्युँताउनु पर्ने माग गर्दै आएको नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले ६४ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ। प्रदेश नम्बर एकमा भीम आचार्य, दुईमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला र सुदूर पश्चिममा भीम रावललाई इन्चार्ज तोकिएको छ।

यसरी गठन गरिएका जिल्ला कमिटीहरुमा ३३ जना पुरानो जिल्ला कमिटीकै अध्यक्ष छन् भने ३१ जना नयाँलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेको नेपाल पक्षको दाबी छ। खनाल नेपाल पक्षले विभिन्न प्रदेशमा इन्चार्ज तोक्दै संगठन संरचनामा निर्माण गरेको छ। जिल्ला स्तरमा इलाम र झापाको नेतृत्वमा चयन भइसकेपनि कमिटी घोषणा गरिएको छैन। सोलु, ओखलढुंगा, महोत्तरी, मनाङ, मुस्ताङ, पाल्पा, कपिलवस्तु, कालीकोट, डोल्पासहितका जिल्ला अध्यक्षको टुङ्गो लाग्न बाँकी छ।

नेपाल पक्षका जिल्ला अध्यक्षहरुः

प्रदेश एक
ताप्लेजुङ– बलबहादुर साम्सोहाङ
पाँचथर– कमल जगेबु
इलाम– भक्त केसी
झापा– देवराज रेग्मी
मोरङ– चन्द्रवीर राई
सुनसरी– रमेश बस्नेत
धनकुटा– अर्जुन राई
तेह्रथुम– लक्ष्मण तिवारी
संखुवासभा– हेमराज घिमिरे
भोजपुर– शरण राई
खोटाङ– बबी चाम्लिङ
उदयपुर– ईश्वरमणि राउत

प्रदेश दुई
सप्तरी– गोविन्द न्यौपाने
सिराहा– प्रमोदनारायण यादव
धनुषा– रामचन्द्र पण्डित
सर्लाही– रेवती पन्त
रौतहट– कमल राय यादव
बारा– सुन्दर विश्वकर्मा
पर्सा– बालगोपाल थापा

बागमती प्रदेश
सिन्धुली– सूर्य पाख्रिन
रामेछाप– शान्ति पौडेल
दोलखा– भीम दाहाल
काभ्रे– टोपबहादुर बाइवा
सिन्धुपाल्चोक– झंक नेपाल
नुवाकोट– नारायण खतिवडा
धादिङ– शिवराज कँडेल
मकवानपुर– मुनु सिग्देल
चितवन– तेजेन्द्र खड्का
काठमाडौ– वसन्त मानन्धर
ललितपुर– हरिकृष्ण थापा
भक्तपुर– राजन बिसी

गण्डकी प्रदेश
गोरखा– यादव बस्नेत
तनहुँ– शंकर नारायण श्रेष्ठ
लम्जुङ– रामबाबु अधिकारी
म्याग्दी– बालकृष्ण सुवेदी
बाग्लुङ– इन्द्रलाल सापकोटा
पर्वत– भक्त कुँवर
कास्की– धनराज आचार्य
स्याङ्जा– रामचन्द्र भट्टराई
नवलपरासी पूर्व– धनञ्जय शर्मा

लुम्बिनी प्रदेश
रुपन्देही– राजु गुरुङ
गुल्मी– सोमनाथ सापकोटा
अर्घाखाँची– रामबहादु चौहान
दाङ– टीकाराम खड्का
प्युठान– भोजविक्रम बुढा मगर
पूर्व रुकुम– भिउमान घर्ती
रोल्पा– हरि घर्ती
बाँके– अशोक कोइराला
बर्दिया– रमेशप्रसाद सापकोटा

कर्णाली प्रदेश
सुर्खेत– ध्रुव शाही
दैलेख– नरनाथ योगी
सल्यान– उदय बोहोरा
पश्चिम रुकुम– बिमल पुन
मुगु– धर्मराज शाही
जजरकोट– करवीर शाही
जुम्ला– तीर्थ बुढा
हुम्ला– दल रावल

सुदूरपश्चिम प्रदेश
बैतडी– महादेव भट्ट नयाँ
डडेलधुरा– डा. तारा जोशी
कंचनपुर– तारा लामा
कैलाली– दीर्घ सोडारी
अछाम– शेरबहादुर कुँवर
डोटी– चक्र मल्ल
बाजुरा– गगन रावल
बझाङ– दिलबहादुर सिंह

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..